बुटवलमा तिनाउ नदीको बाढीले बहायो छ वटा घर
बुटवल उपमहानगरपालिकाको ताप माझुवा क्षेत्रमा तिनाउ नदीको बाढीले छ वटा घर बगाएको छ। स्थानीय प्रहरीका अनुसार बाढीले दुई पक्की र चार माटोका घर बगाएको हो। लगातारको वर्षाका कारण नदीको बहाव बढेपछि सुरक्षाकर्मीले नदी किनारका करिब दुई सय घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्। सार्वजनिक स्रोत र वीनेपाल अनुसन्धान टोलीबाट
