1:40
समाजभिडियो
नागरिकको आवास अधिकार सुनिश्चित गर्न नयाँ विधेयक दर्ता
A newly registered bill proposes various measures including free construction materials and financial grants to guarantee housing.
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01पहिलोपटक घर बनाउँदै हुनुहुन्छ?
- 0:04अब सरकारले निर्माण सामग्री निःशुल्क दिने प्रस्ताव ल्याएको छ!
- 0:08पूर्वाधार विकास मन्त्रालयले भवन ऐन २०८३ को विधेयक शुक्रबार संघीय संसद सचिवालयमा दर्ता गराएको छ।
- 0:17उद्देश्य — हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने।
- 0:21विधेयकअनुसार पहिलोपटक घर बनाउने नेपालीलाई सरकारले तोकेको टाइप डिजाइन र मापदण्डअनुसार घर बनाउन नदीजन्य र प्रकृतिजन्य निर्माण सामग्री निःशुल्क दिइनेछ।
- 0:33गोठ बनाउन निवेदन दिनेलाई पनि सामग्री निःशुल्क पाइनेछ।
- 0:37गरिब तथा विपन्न परिवारका लागि संघीय सरकारबाट पचास हजार र प्रदेश सरकारबाट पच्चीस हजार — गरी कुल पचहत्तर हजार रुपैयाँसम्म अनुदान।
- 0:47विपत् र जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकार आफैँले नयाँ घर बनाइदिने व्यवस्था पनि छ।
- 0:54मध्यम आय भएका परिवारका लागि भूकम्प प्रतिरोधी स्मार्ट घर — लागत बीस लाखदेखि पचहत्तर लाख रुपैयाँसम्म, र प्लिन्थ क्षेत्र नौ सयदेखि एक हजार तीन सयसम्म।
- 1:05यस्ता घर सहुलियतपूर्ण ऋणमा पाइनेछ।
- 1:09पाँच लाख अग्रिम तिरे मासिक एघार हजार, पन्ध्र वर्षसम्म।
- 1:13दस लाख अग्रिममा मासिक पन्ध्र हजार,
- 1:16पन्ध्र लाखमा बीस हजार, बीस लाखमा तीस हजार, र पच्चीस लाख अग्रिममा मासिक पैंतीस हजार किस्ता।
- 1:24ध्यान दिनुहोस् — यो अहिले विधेयक मात्र हो,
- 1:27संसदबाट पारित भएपछि मात्र लागू हुनेछ।
- 1:30तपाईं कुन विकल्प रोज्नुहुन्छ?
- 1:32कमेन्टमा भन्नुहोस्।
- 1:33यस्तै समाचारका लागि वीनेपाल फलो गर्नुहोस्।
1:40समाज
नागरिकको आवास अधिकार सुनिश्चित गर्न नयाँ विधेयक दर्ता
0:26समाज
सही मार्गमा अडिग रहनुको गहिरो अर्थ
0:46समाज
रसुवामा गएको बाढीका कारण प्रजनन स्वास्थ्य सेवामा पहुँच पुर्याउन कठिनाइ
0:25संस्कृति
कवि रमेशचन्द्र अधिकारीको कवितासङ्ग्रह ‘माझीहादम्’ सार्वजनिक
0:29वातावरण
पृथ्वी राजमार्गमा पहिरो र सडक भासिएपछि यातायात प्रभावित
0:32खेलकुद