कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजमाथि पाँच विकेटको जित निकालेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभर खेल्दै छ विकेटको क्षतिमा १२९ रन जोडेको थियो। चितवनका लागि चौथो नम्बरमा मैदान प्रवेश गरेका रवि बोपाराले उत्कृष्ट ब्याटिङ गरे। उनले ४० बलको सामना गर्दै तीन चौका र दुई छक्कासहित ४९ रनको योगदान दिए। बोपाराको टोलीले सुदूरपश्चिमसामु १३० रनको लक्ष्य प्रस्तुत गरे तापनि त्यसलाई जोगाउन भने असफल रह्यो। सुदूरपश्चिम रोयल्सले १६.४ ओभरमै पाँच विकेट गुमाएर १३१ रन बनाउँदै लक्ष्य पूरा गर्यो। विजेता टोलीका लागि ब्रान्डन म्याकमुलनले २१ बलमा ४३ रन जोड्दै आक्रामक पारी खेले। उनको सो पालीमा छ वटा चौका र दुई वटा छक्का समावेश थिए। यस जितसँगै सुदूरपश्चिम रोयल्सले चार खेलमध्ये दोस्रो सफलता हात पारेको छ। यसअघि खेलेका दुई खेलमा भने टोली लुम्बिनी लायन्स र विराटनगर किङ्ससँग पराजित भएको थियो।
खेलकुदअद्यावधिक
चितवन राइनोजलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
ब्रान्डन म्याकमुलनको ४३ रनको मद्दतमा सुदूरपश्चिमले १६.४ ओभरमा १३० रनको लक्ष्य भेटायो।
0:37
संक्षेपमा
- सुदूरपश्चिम रोयल्सले १६.४ ओभरमा ५ विकेट गुमाएर १३१ रन बनाउँदै चितवनलाई हरायो।
- चितवनका लागि रवि बोपाराले ४० बलमा सर्वाधिक ४९ रन जोडे।
- सुदूरपश्चिमका ब्रान्डन म्याकमुलनले २१ बलमा ४३ रनको योगदान दिए।
सार्वजनिक स्रोत र वीनेपाल अनुसन्धान टोलीबाट
https://wenepal.com/ne/article/chitawana-rainojalaee-haraundai-sudurapashchima-royalsako-dosro-jita-20261102-ne

टिप्पणीहरू
टिप्पणी अहिले खुला छैन। छलफल सुरक्षित रहोस् भनेर हामी पहिले मोडरेसन बनाउँदैछौँ। न्युजरुमसम्म पुग्न सम्पर्क फारम प्रयोग गर्नुहोस्।
सम्पर्क