बिराटनगरमा कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
बिराटनगरस्थित मार्लीबोन क्रिकेट ग्राउन्डमा कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ। प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सुरु भएको यो प्रतियोगिताको मुख्य उद्देश्य आगामी १० औँ राष्ट्रिय खेलकुदमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने टोलीको चयन गर्नु हो। प्रादेशिक छनोट प्रतियोगितामा प्रदेशका नौ वटा जिल्लाका टोलीहरूले भाग लिएका छन्, जुन अहिलेसम्मकै बढी जिल्लाको सहभागिता हो। प्रतियोगिताको उद्घाटन खेलमा मोरङले धनकुटामाथि जित दर्ता गरेको छ। २० ओभरको खेलमा धनकुटाले दिएको ४६ रनको लक्ष्य मोरङले ६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। सार्वजनिक स्रोत र वीनेपाल अनुसन्धान टोलीबाट