गण्डकी प्रदेशस्तरीय भलिबल: पुरुषतर्फ बागलुङ र महिलातर्फ पर्वत विजेता
दसौँ राष्ट्रिय खेलकुदका लागि आयोजित गण्डकी प्रदेशस्तरीय भलिबल छनोट प्रतियोगितामा पुरुषतर्फ बागलुङ र महिलातर्फ पर्वतले उपाधि हात पारेका छन्। पोखरा रङ्गशालास्थित भलिबल तालिम केन्द्रमा गण्डकी प्रदेश भलिबल सङ्घ र प्रदेश खेलकुद परिषद गण्डकीको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो। फाइनल खेलमा बागलुङले स्याङ्जालाई र पर्वतले कास्कीलाई समान ३-१ सेटले पराजित गरे। गण्डकी प्रदेश भलिबल सङ्घका अध्यक्ष लक्ष्मण श्रेष्ठका अनुसार यही प्रतियोगिताको प्रदर्शनका आधारमा राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको अन्तिम टोली चयन गरिनेछ। सार्वजनिक स्रोत र वीनेपाल अनुसन्धान टोलीबाट
