ताजा

सुदूरपश्चिम प्रदेश

अछामका ताजा समाचार

सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको उल्लेख भएका वीनेपालका ताजा समाचार।

  • अछाममा भीरबाट खसेर एक जनाको मृत्यु, एक घाइते

    अछामको ढकारी गाउँपालिका-१ बसल्लामा भीरबाट खसेर एक ३२ वर्षीय पुरुषको मृत्यु भएको छ भने ३१ वर्षीय अर्का पुरुष घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार ३२ वर्षीय वीरखे बुढाको मङ्गलसेन जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। स्थानीय साल्तोक्ता बजारबाट घर फर्कने क्रममा उनीहरू भीरबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी ढकारीबाट उद्धार टोली खटाइएको थियो। घाइते गणेश बुढा स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि घर फर्किएका छन्। सार्वजनिक स्रोत र वीनेपाल अनुसन्धान टोलीबाट